• टोखा टाइम्स

    • प्रकाशित मिति:२ माघ २०८०, मंगलवार


    बिज्ञापन
  • चाकु दिवसमा विभिन्न व्यक्ति तथा संस्था सम्मानित

    टोखा टाइम्स, २ माघ । नेवाः गुथि तोखाले चाकु दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ । सोमबार टोखाको थनेलाछीमा आयोजिक कार्यक्रममा टोखाको मौलिक साँस्कृतिक बाजा गाजा, हस्तकला, हाँस्यव्यङ्ग, खेल क्षेत्र तथा सम्पदा पुन निर्माणमा महत्वपुर्ण योगदान दिएका व्यक्ति तथा संस्थालाई नेवाः गुथि तोखाले सम्मान गरेको हो ।

    सम्मान कार्यक्रममा स्वर्गीय ज्ञानबीर डंगोलको स्मृतिमा स्थापना गरिएको मौलिक बाजा गाजा जीवन अर्पण सिरपाबाट माईला श्रेष्ठलाई रु. ५० हजार नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेको छ । त्यस्तै, कार्यक्रममा स्वर्गीय जन्मराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको मौलिक ख्यालि सिरपाबाट धर्म राज श्रेष्ठ र कृष्णनाथ कपाली, स्वर्गीय यचुमाया श्रेष्ठको स्मृतिमा स्थापना गरिएको मौलिक भद्र हस्तकला प्रतिभा शिपसिल सिरपाबाट सन्तमाया डंगोल र लक्ष्मी डंगोललाई, स्वर्गीय गजराज जोशीको स्मृतिमा स्थापना गरिएको कासा व शिक्षा सिरपाबाट महिला राष्ट्रिय क्रिकेट खेलाडि खुशी डंगोल र सेपाटाकर खेलाडि सुमित्रा डंगोललाई जनहि रु. २५/२५ हजार नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेको छ ।

    नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभाध्यक्षतामा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, विशिष्ट अतिथि उप प्रमुख मुरारी तामाङ र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी अतिथि टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ टोखा-३ का वडाध्यक्ष रमेश डंगोल, टोखा देय मूल नाय हेमराज श्रेष्ठ लगायतको उपस्थितिमा सम्पन्न भएको  सो कार्यक्रममा पुरस्कारको स्थापना गर्ने परिवारका सदस्यबाट उक्त सम्मान पुरस्कार प्रदान गरिएको हो । नेवाः गुथि तोखाको विशेष पहलमा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

    त्यस्तै, यचुपिचु सिरपाका संस्थापक शेर बहादुर श्रेष्ठले टोखाका मठमन्दिरहरुका लागि ५० वटा डस्विन नेवाः गुथि तोखालाई हस्तान्तरण गरेकरेका थिए ।

    साथै उक्त कार्यक्रममा  स्वर्गीय धनसुन्धर स्मृति कोषका संस्थापक तिर्थ डंगोल र शेखर डंगोल तथा स्वर्गीय साईलाला डंगोल पुनमाया डंगोल स्मृति कोषका संस्थापक माईला डंगोलले दुई/दुई लाख रकमको स्मृति कोष स्थापनाको लागि नेवाः गुथि तोखालाई चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा स्वर्गीय भाजुमान डंगोलको स्मृतिमा स्थापित चतुर्मास दाफा भजन ग्वाहिल कोषबाट ईन्द्रायणी दाफा खलः, सहलुवि पिगद्यः दाफा खलः, चण्डेश्वरी दाफा खलः, जोड भिमसेन दाफा खलः, सपनतीर्थ दाफा खलः, चण्डेश्वरी भजन खलःलाई जनहि छ / छ हजार नगर प्रदान गरिएको छ ।

    त्यस्तै, कार्यक्रममा टोखाको सम्पदा पुननिर्माणका क्षेत्रमा सहयोग पुर्‍याएका उपत्यका विकास प्रधिकरणका पुर्व प्रमुख भाईकाजी तिवारी तथा पुरातत्व विभागका पुर्व महानिर्देशक भेषनारायण दाहाललाई विशेष सम्मान गरिएको थियो ।

    त्यस्तै, मौलिक स्वरुप परिवर्तन घर निर्माण गरेका हासल टोलका रामचन्द्र श्रेष्ठ, रत्नदेवी श्रेष्ठ, सत्यनारायण श्रेष्ठ र काईला श्रेष्ठ, बाम्फ टोलका आनन्द प्रसाद श्रेष्ठ र श्यामलाल डंगोल, तोथिलाग टोलका शेरबहादुर श्रेष्ठ, गणेशमान श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ तथा क्वाखल टोलका गणेशलाल श्रेष्ठलाई कार्यक्रममा धन्यवाद पत्र प्रदान गरिएको थियो ।

    नेवाः गुथि तोखाको आयोजनामा टोखा नगरपालिका,टोखा नगरपालिका २ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा आयोजित ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान’ कार्यक्रममा टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, विकास निर्माणमा सहयोग गरेका देवराज डंगोल, खेलकुद क्षेत्रमा योगदान गरेका मनिष जोशी, सामाजिक क्षेत्रमा योगदान दिएका अष्टनारायण डंगोल, टोखा संकृतिक संरक्षित विकास समितिका संस्थापक अध्यक्ष गणेशमान श्रेष्ठ, मायाको चिनो सहयोग गर्ने सरोज श्रेष्ठलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

    तस्विरः रमेश श्रेष्ठ

    Facebook Comments Box