• टोखा टाइम्स

    • प्रकाशित मिति:४ माघ २०८०, बिहीबार


    बिज्ञापन
  • नगर गान बनाउँदै टोखा

    टोखा टाइम्स, ४ माघ । टोखा नगरपालिकाले नगर गान बनाउने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगर गान बनाउने जनाएको हो । 

    सूचना अनुसार नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक, राजनैतिक लगायतका विशिष्टता र मौलिकता झल्कने गरी नगर गान बनाउन लागेको जनाएको छ । नगरपालिकाको अनुसार सो विशेषतालाई झल्कने नगर गान बनाउनका लागि अनुरोध गरिएको छ । 

    ४० देखि ६० शब्दको प्रयोग गरी नेपाली भाषामा सहज ढंगले बोध हुने खालको नगर गान बनाउन सकिने नगरपालिकाले जनाएको छ । नगर गान रचना गरी माघ १५ गते सम्ममा दिनभित्र नगरपालिकाको इमेल ठेगाना ([email protected]) मा पठाउन तथा कार्यालयमा सिलवन्दी खाम पेश गर्न सक्ने पालिकाले जनाएको छ । 

    रचना भएकामध्ये उत्कृष्ट गानलाई नगरपालिकाले उचित पुरसकार सहित सम्मान गरिने प्नमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले बताए ।  उत्कृष्ट गानलाई नगरपालिकाले प्रयोगमा ल्याउने उनले बताए । 

    Facebook Comments Box