• टोखा टाइम्स

    • प्रकाशित मिति:११ फाल्गुन २०७८, बुधबार


    बिज्ञापन
  • एमसीसी अनुमोदन गराउने तयारीमा प्रधानमन्त्री देउवा,संसद् बैठकमा उपस्थित हुन कांग्रेसको ‘ह्वीप’

    काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल हुने भएपछि काँग्रेसले बैठकमा अनिवार्य उपस्थित हुन सांसद्हरुलाई निर्देशन दिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा छिटो भन्दा छिटो एमसीसी अनुमोदन गराउने तयारीका साथ संसदीय छलफल सकेसम्म छोटो बनाउने गृहकार्यमा लाग्नुभएको छ । जसको तयारीस्वरूप उहाँले विभिन्न दल र उनीहरुका नेताहरुसँग परामर्श गरिरहनुभएको छ ।

    Facebook Comments Box