• राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी सूचना

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा असार २४ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य शुरु हुनेभएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सीले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो ।

    सूचनामा भनिएको छ- ‘यस टोखा नगरपालिकाको मिति २०८१।०३।२३ को सूचना अनुसार मिति २०८१।०३।२४ गते देखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलनको कार्य शुरु गरिएकोमा सेवाग्राहीहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भई जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई असहजता उत्पन्न भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८१।०२।२४ गतेको निर्णयानुसार काठमाडौं लगायत २८ वटा जिल्लाहरुमा सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीहरुको विवरण नवीकरण गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको हुँदा हाललाई यस टोखा नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण संकलन गरिने र बाँकी सेवाग्राहीहरुको हकमा पछि सूचना जारी भएपश्चात विवरण संकलन गरिने व्यहोरा अनुरोध छ।’

    ‘प्रत्येक दिन बढीमा ३५ वटा टोकन वितरण गरिनेछ । विवरण दर्ता स्टेशन लामो अबधीसम्म निरन्तर रहने व्यहोरा समेत अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

    सूचना

    Facebook Comments Box