• आज नेवाः समुदायले गथांमुगः पर्व मनाइँदै

    टोखा टाइम्स, १८ श्रावण । आज श्रावण कृष्ण चतुर्दशी काठमाडौं उपत्यकाका नेवाः समुदायले यस दिन गथांमुगः पर्वको रुपमा मनाउने गर्दछन् । असारको प्रदुषण, कामको व्यस्तताले घरमा फोहोर जम्मा हुने हुँदा असारको व्यस्तता पछि ती सबै फोहोर हटाउने कार्यका लागि यो पर्व महत्वपूर्ण छ । गथांमुगःसँगै नेवाः समुदायमा चाडपर्वहरुको आगमन सुरु हुने गर्दछ । गथांमुगःलाई टोखामा भूत धपाउने वा मन्छाउने चाडर्को रुपमा मनाईन्छ ।

    थनेलाछीमा बेलुका तलेजु देय नायः र पायमाको विशेष रेखदेखमा कुसले थरका समुदायले नारायण मन्दिर परिसरमा गथांमुगःका लागि आवश्यक तयारी गर्ने गर्दछ । पराल र छ्वालीको मुठ्ठाबाट गथांमुगः तायर गरिन्छ र सो गथांमुगःलाई तपलाछिको दबुमा राखिन्छ । कुसले समुदायका एक ब्यक्तिले आगो लगाएपश्चात त्यसलाई डोरीले तानेर छ्वासमा फाल्न लाने चलन छ । गथांमुगः यसरी बस्तीबाट बाहिर लगे पश्चात प्रत्यक घरघरबाट चौबाटो दोबाटो छ्वासमा फ्याक ल्याउने प्रचलन रहेको छ ।

    Facebook Comments Box