• टोखा टाइम्स

    • प्रकाशित मिति:१९ फाल्गुन २०७८, बिहीबार


    बिज्ञापन
  • टोखा-२ का बालबालिका तथा किशोरकिशोरीलाई आत्मरक्षा तालिम, ५० जनाले लिए तालिम

    टोखा टाइम्स, टोखा । बालबालिका तथा किशोरकिशोरीहरुका लागि पाँच दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । बढ्दो महिला तथा बालबालिका हिंसालाई मध्यनजर गर्दै टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका वडा नम्बर २ कार्यालयले तालिम सञ्चालन गरेको हो ।

    ‘ किशोरकिशोरी माथि हुने हिंसा, दुर्व्यवहार र विभेद विरुद्ध आवाज उठाऔँ । निजहरुको सशक्तिकरणमा जुटी समाजलाई अग्र स्थानमा लम्काऔँ ।’ भन्ने मूल नाराका साथ बालबालिका क्षमता तथा नेतृत्व विकास तालिम अन्तर्गत टोखा – २, देरचाः स्थित फ्रेण्डशीप तेकवान्डो डोजाङ्ग हलमा आयोजित पाँच दिने तालिममा वडा बाल क्लव र विद्यालय बाल क्लवका ५० जना बालबालिका सहभागी थिए ।

    कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिपकराज जोशीले पछिल्लो समय किशोरी तथा महिलाहरु असुरक्षित भइरहेको बेला आत्मरक्षाको सीप सिक्न जरुरी रहेको उल्लेख गरे । आफ्नो वडाका बालबालिका तथा किशोरीहरुलाई दुर्व्यवहार र हिंसाबाट बचाउन र आत्मरक्षा गर्न शारीरिक तथा मानसिक रुपमा तयार बनाउन तालिमको आयोजना गरिएको उनले बताए । यसलाई नगरपालिका भरी नै अभियानकै रुपमा सञ्चालन गरिनुपर्ने उनको भनाइ थियो । उनले प्रशिक्षार्थी विद्यार्थीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न र आफ्ना साथिभाइलाई पनि सिकाउन आग्रह गरे ।

    तालिम समापन्न कार्यक्रममा वडा सदस्य पञ्चकुमारी श्रेष्ठले बालबालिका समाजको समप्ती भएकोभन्दै बालबालिकाको सर्वाङ्गीण वृद्धी विकासका लागि टोखा नगरपालिका २ वडाले विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको बताइन् । विद्यार्थीहरु कक्षाको पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियालपमा पनि सहभागी हुनु पर्छ र आफ्नो समाजमा भैरहेका गतिविधिको अध्ययन गरी नकरात्मक कुरालाई त्याही सचेत भई सकरात्मक कुरा ग्रहण गरेर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

    आचाकन हुनसक्ने दुर्व्यवहारबाट बचनाको लागि तथा किशोरीहरु माथि हुने गरेका दुर्व्यवहार, लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकार, विद्यालय, समाज र अभिभावकहरु गम्भिर भएर लाग्नु पर्ने बताइन् । उनीहरुलाई शारीरिक तथा मानसिक रुपमा सवल बनाउनु पर्ने बताए ।

    आफुले पाँच दिने आत्मरक्षा तालिममा सिकेका सीप र कार्यकौशलता आफ्नो परिवार साथीभाइ र समाजलाई पनि सिकाउने छ भन्ने आफुले आशा गरेको वडासदस्य हेराकाजी डंगोलले कार्यक्रममा बताए । उनले बिचार र सीप सबै भन्दा ठुलो हतियार हो तपाईहरुले आत्मरक्षाका लागि आवश्यक कुरा सिक्नु भएको छ त्यसलाई सहि स्थानमा प्रयोग गर्नुहुनेछ भन्ने विश्वा लिएको समेत बताए ।

    टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दिपकराज जोशीको अध्यक्षतामा समापन कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य प्रेमकृष्ण खड्गी, प्रतिमा हिङ्गमाङ, कार्यालय सचिव शालिकराम गौतम, कार्यालय सहायक राजन सेदाइ, फ्रेण्डशीप तेक्वानदो डोजाङ्ग टोखाका प्रमुख सुसन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रमको सञ्चालन कार्यालय सहायक पार्वती श्रेष्ठले गरेकी थिइन् ।

    तालिममा प्रमुख प्रशिक्षक टिका दत्त दाहाल र सह प्रशिक्षक सुप्रिया तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।

    Facebook Comments Box