• टोखा टाइम्स

    • प्रकाशित मिति:५ चैत्र २०७८, शनिबार


    बिज्ञापन
  • चण्डेश्वरी माध्यामिक विद्यालयको शिक्षा मन्त्री पौडेलद्वारा निरीक्षण

    टोखा टाइम्स, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शनिबार श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा निरीक्षण गरेका छन् ।  टोखा नगरपालिका २ गलय् स्थित  श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा उनले निरीक्षण गरेका हुन् ।

     

    शिक्षा क्षेत्रको प्रमुख नियमनकारी निकाय र सामुदायिक शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको शिक्षा मन्त्रालयका मन्त्री पौडेलको विद्यालय निरीक्षण विद्यालयको लागि फलदायी भएको टोखा नगरपालिका २ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकराज जोशीले बताए ।

     

    कक्षा कोठाको अभावका कारण पठनपाठन गर्ने समस्या खेपिरहेको अवस्थामा विद्यालयको समस्याको बारेमा यस अघी मन्त्रालयमै गएर छलफल भएको भए पनि शनिबार शिक्षा मन्त्री विद्यालयको आकास्मिक स्थलगत निरीक्षणमा आएको अध्यक्ष जोशीले बताए ।

    उनले भने,  ‘ म लगायत नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका नेतृ कल्पना शर्मा लगायतको टोली शिक्षा मन्त्रालयमै गएर विद्यालयको अवस्थाको बारेमा मन्त्री ज्यूलाई भेटेर सुनाएका थियौँ । उहाँले हाम्रो कुरा सुनेपछि विद्यालयको लागि आवश्यक पर्ने भवन बनाई दिने बाचा गर्नु भयो । यही महिना भित्र माननीय मन्त्री ज्यूको हातबाट भवनको शिल्यान्यास हुँदैछ ।’

     

    केही वर्ष अगाडि राष्ट्रिय पुननिर्माण प्राविधिकरणले बनाई दिएको चारकोठे दुई तलाको भावनमा थप एक तला थप्नको लागि  प्रदेश स्तरको ३४ लाख बजेट विनियोजित गरिएको र  भवन निर्माणको लागि टेन्डर प्रक्रियामा गईसकेको समेत उनले जानकारी दिए ।

     

    अध्यक्ष जोशीले नगरपालिकाले शिक्षा क्षेत्रका बजेट राख्न कञ्जस्याइ गरेको गुनासो गरेका छन् । नगरपालिकाले मठमन्दिर निर्माण लगायतमा बढी बजेट खर्च गरे पनि सामुदायिक विद्यालयमा बजेट राख्न चासो नदिएको प्रति असंतुष्ट जनाएका छन् ।

     

    २०२० सालमा स्थापना भएको विद्यालयले स्थापना काललेदेखिनै भौतिक पुर्वाधार र शिक्षकशिक्षिकाको अभाव खेपिदै आइरहेको छ । कक्षा कोठा र शिक्षकशिक्षिकाको अभावमा एउटै कोठामा दुई दुईवटा कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालयको भौतिक पुर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षाका लागि विभिन्न समयमा धेरै काम तथा प्रयासहरु भए । आवश्यक मात्रामा बजेट तथा शिक्षकशिक्षिकाको व्यवस्थापन नहुँदा विद्यालयले सोचेको जस्तो उपलब्धि हासिल गर्न सकेको छैन ।

    Facebook Comments Box