• एडुसमिट सेकेन्डरी स्कुलको १४औं वार्षिकोत्सव सम्पन्न

    टोखा टाइम्स, १० फागुन । टोखाको सुर्यदर्शन हाइटमा अवस्थित एडुसमिट सेकेन्डरी स्कुलले १४औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलामान सिंह राउतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला र विशिष्ट अतिथि नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार लिलानाथ भण्डारीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलित गरि कार्यक्रमको सम्मुद्घाटन गर्नु भएको थियो ।

    विद्यालयका प्रधानाध्यापक सन्जु प्रधानले कार्यक्रममा सम्बोधन गर्दै विद्यालयको वर्तमान अवस्था र भावी योजनाको बारेमा कार्यक्रममा चर्चा गर्दै एडुसमिट सेकेन्डरी स्कुल गुणस्तर शिक्षा र अनुशासित विद्यार्थी उत्पादन गर्न सफल रहेको बताइन् ।

    कार्यक्रममा विद्यार्थी र अभिभावको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थीले विविध साँस्कृतिक नृत्य तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

    Facebook Comments Box