• टोखा टाइम्स

    • प्रकाशित मिति:१६ चैत्र २०७८, बुधबार


    बिज्ञापन
  • नेवा: देय् दबूको अध्यक्षमा पवित्र बज्राचार्य निर्वाचित

    टोखा टाइम्स, काठमाडौँ । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी भएका छन् । धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनले बज्राचार्यलाई भारी मतका साथ अध्यक्ष चुनेकाे हाे ।

    बुधबार विहान मात्र सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माइलाबाबु द्यःलाले ६७ मत मात्र प्राप्त गरे ।

    नवनिर्वाचित अध्यक्ष बज्राचार्यले समाचारडेस्कसँग कुरा गर्दै आफ्ना पूर्व प्रतिवद्धता अनुसार दबूलाई सहि अर्थमा नेवाःहरुको राष्ट्रिय संगठन बनाउने योजनालाई अगाडी बढाउने बताए ।

    ‘मैले देशभरिका नेवाःहरुलाई नेवाः लिपिको साथसाथै नेपालभाषामा बोल्ने, पढ्ने, लेख्ने क्षमताको विकास गराउने, नेवाः संस्कार, संस्कृति र सम्पदाको संरक्षण गर्नेलगायतका प्रतिवद्धता गरेको थिएँ । सोही अनुसार सबैलाई साथमा लिएर अघि बढ्छु’ बज्राचार्यले भने ।

    देय् दबूको आफ्नै भवन नभएको अवस्थामा आफ्नै भवन स्थापना गर्न पनि योजना बनाएर अघि बढ्ने बज्राचार्यको भनाई हो ।

    देय् दबूको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्रलाल राजभण्डारीलाई चुनेको छ भने महिला उपाध्यक्षमा रश्मिला प्रजापति चुनिएकि छन् । उपत्यका विशेष प्रदेशबाट उमेश स्थापित उपाध्यक्ष चुनिए ।

    महासचिवमा सत्यनारायण डंगोल र सचिव पदमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भए । कोषाध्यक्षको जिम्मेवारी निरन्जन रत्न शाक्यले पाएका छन् ।

    Facebook Comments Box